प्रलाेपा बर्दियाकाे नेतृत्वमा गेहेन्द्र ढकाल
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितकाे वाम एकतामा विमति जनाउँदै जन्मेकाे प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बर्दियाको प्रथम भेलाबाट गेहेन्द्र प्रसाद ढकाल जिल्ला अध्यक्ष चयन भएका छन् ।
सोमबार भएको भेलाले ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
भेलाले आसन्न निर्वाचनका लागि बर्दिया क्षेत्र नं. १ मा गेहेन्द्र प्रसाद ढकाल, राजु रानाभाट, डम्बर परियार, बुद्धि पौडेल र रामप्यारी थारुलाई सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नं. २ बाट नेत्र प्रसाद आचार्यलाई एकल सिफारिस गरिएको प्रलोपाले जनाएको छ ।
भेलामा तिलकराम शर्मा प्रमुख अतिथि रहेका थिए । केन्द्रीय सदस्य लक्ष्मी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भेलामा लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्मा र प्रदेश अध्यक्ष यज्ञ पोखरेल समेत अतिथिका रूपमा सहभागी थिए ।




