रूकुमदेखी पैदल यात्रा गरेर काठमाडौं आइपुगेका केशव रावललाई प्रचण्डले गरे स्वागत
राष्ट्रिय एकता शान्ति र समृध्दिकालागि कम्युनिष्टहरूको एकताकाे सन्देश प्रवाह गर्ने उद्वेश्यले १५ दिन अघि रूकुमदेखी पैदल यात्रा शुरू गरेका युवा केशव रावल आज काठमाडाैं आइपुगेका छन् ।
उनलेे काठमाडौं आइपुगेर आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यलयमा पार्टी संयाेजक प्रचण्डलाई झण्डा हस्तान्तरण गरेर पैदल यात्रा समापन गरेका छन् ।
उनलेे राष्ट्रिय एकता अपरिहार्य रहेको सन्देशसहित राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका युवा नेता केशव रावलले आफ्नो यात्रा समापन गर्नुका साथै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सह संयोजक माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका छन् ।
पार्टी कार्यलय पेरिसडाँडामा आयाेजित कार्यक्रममा उनलाई पार्टी नेताहरूले स्वागत गरेका थिए । उनलाई पार्टी संयाेजक प्रचण्डले बधाई दिनुका साथै कम्युनिस्ट र राष्ट्रिय एकताकाे सन्देशसहित पैदलयात्रा गरेका रावललाई धन्यवाद दिएका थिए ।
प्रचण्डले रावलकाे सन्देशजस्तै पार्टीले वामपन्थी एकतालाई मुल मन्त्र बनाएरै एकताकाे अभियान चलाईरहेकाे बताएका थिए ।




