मलेसियामा कागजातविहिन ८ सयबढी कामदार पक्राउ, नेपाली कति परे ?

मूलखबर संवाददाता
काठमाडौं, २३ मंसिर

कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई मलेसियाले तीव्रता दिएको छ ।

मलेसियाको सेलायाङ बारु क्षेत्रमा गरिएको सर्च अपरेशनमा ८ सय ४३ जनालाई पक्राउ गरिएको बताइएको छ। पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् ।

पक्राउ पर्नेमा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका रहेका छन् । समितिले पक्राउ पर्ने देशका नागरिकको संख्या खुलाएको छैन ।

पक्राउ परेकामध्ये धेरैजसोसँग परिचय देखाउने कागजात नभएको, भिसा वा पासका सर्त उल्लंघन गरेको, बसाइ अवधि नाघेको, नक्कली वा मान्यता नपाएको कागजात प्रयोग गरेको जस्ता आरोप रहेको इमिग्रेसनले जनाएको छ ।

उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।