हङकङको ३२ तले भवन आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्याे

मूलखबर संवाददाता
काठमाडौं, १२ मंसिर

हङकङको ताइ पो जिल्लास्थित एउटा ३२ तले भवनमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।

सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् ।

हङकङको ताइ पो जिल्लास्थित एउटा ३२ तले भवनमा बुधबार  दिउँसोदेखि सुरू भएको आगलागीमा हालसम्म ९४ जनाको मृत्यु भइसकेको र अझै केही सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रको ३२ तले भवनबाट आगो सल्किएको थियो। त्यसले वरपर रहेको अरू भवनहरूमा समेत आगो फैलिएको छ।