आज मंसिर ८, जनमुक्ति सेना दिवस मनाइँदै
आज मंसिर ८ गते । तत्कालीन नेकपा माओवादीले जनमुक्ति सेना नेवाल स्थापना गरेको दिन ।
२०५८ साल मंसिर ८ गते माओवादीले पहिलोपटक नेपालमा सशस्त्र लडाकु र छापामारहरूलाई जनमुक्ति सेनाकाे नाम दिएर जनमुक्ति सेना नेपाल निर्माण गरेको थियाे जसकाे सर्वाेच्च कमाण्डर प्रचण्ड र कमान्डर नन्दकिशाेर पुन पासाङलाई बनाइएको थियाे ।
यस दिनकाे अवसरमा देशका विभिन्न ठाउँमा आज विभिन्न कार्यक्रम गरी जनमुक्ति सेना दिवस मनाउन लागिएको छ ।
जनमुक्ति सेनाकाे चाैथाे डिभिजनमा रहेका जनसेनाहरूले झ्याल्टुङडाँडा बनभाेजसहित स्मृति दिवस मनाउने भएका छन् भने डिभिजन कार्यल य र पछिल्लो शिविरहरू रहेका अन्य स्थानहरूमा पनि विविध कार्यक्रमसाथ जनमुक्ति सेना दिवस मनाउने कार्यक्रम रहेकाे छ ।

यसै क्रममा जनमुक्ति सेना नेपाल (पीएलए)’को स्थापना दिवस उदयपुरमा मनाउने तयारी भईरहेको छ । पूर्वजनमुक्ति सेना नेपाल उदयपुरले २५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको सोमबार जानकारी दिइएको छ।
पूर्वजनमुक्ति सेना नेपाल उदयपुरका अध्यक्ष अर्जुन तामाङले पीएलए स्थापना दिवसमा विविध कार्यक्रम गरिने बताए । सरसफाई, रक्तदान, अन्तरक्रिया, जनश्रम दान, भेला, वनभोज र सद्भाव आदानप्रदानका कार्यक्रम तय गरिएको उनले बताए ।
वनभोज सोमबार त्रियुगा नगरपालिका ११ ढिम्कीमा हुनेछ । जहाँ नेपाली कम्युनिष्ट पार्टीका नेतादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वलडाकु, सामाजिक अगुवा, जनप्रतिनिधिको सहभागिता रहनेछ।
तस्बिर श्राेत : सामाजिक सञ्जाल




