मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त, दुइतिहाई विपक्षमा
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्धको पद अनुकुल आचरण नगरेको प्रश्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका हुन् ।
उनलेे यस अघि मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पक्षपात गरेकाे भनेर उनको आलोचना भएको थियाे ।
बुधवार बसेको मधेस प्रदेश सभाको बैठकले सो प्रश्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी पदमुक्त भएका छन् ।
प्रश्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउतले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए ।
सो प्रश्ताव उपर आज छलफलका लागि उपसभामुखको निर्देशनमा बैठक आह्वान गरेकी थिइन् ।




