पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियाे राेजगारी

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर

गत २०८१ चैत १५ गते राजावादी समुहकाे आततायी आक्रमण र आगलागीबाट ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले रोजगारी दिएको छ । सुरेशकी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको रजकका दाइ दिनेश रजकले बताए ।

सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा मगियालाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएको हो ।

पत्रकार सुरेश रजकको २०८१ चैन १५ गते तीनकुनेस्थित प्रदर्शनमा मृत्यु भएको थियो ।