मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीयकाे मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, १ मंसिर

मुस्लिमहरूकाे पवित्र धर्मस्थलकाे रूपमा परिचित मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ ।

दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो। त्यस समयमा धेरै यात्रुहरू सुतिरहेका थिए, जसले गर्दा बस ट्याङ्करमा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढी भएको प्रहरीले जनाएको छ ।

साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन्