नयाँ दिल्लीमा कार विस्फोटमा आठको मृत्यु, १२ घाइते, दिल्ली, मुम्बई र उत्तर प्रदेशमा हाइ एलर्ट

मूलखबर संवाददाता
काठमाडौं, २४ कात्तिक

दिल्लीको लाल किल्ला मेट्रोस्टेसन नजिकै रहेको एक कारमा विस्फोट हुँदा सोमबार साँझ कम्तीमा आठ जनाको मृत्यु भएको छ । त्यस्तै, १२ जना घाइते भएका छन् ।

यस विस्फोटलगत्तै दिल्लीलाई हाई अलर्टमा राखिएको थियो । यसको कारण अझै पत्ता लागेको छैन ।

दिल्लीमा बम विस्फोट भएपछि उत्तर प्रदेश राज्यका सबै क्षेत्र र महाराष्ट्र राज्यको मुम्बई सहरमा हाई अलर्ट जारी गरिएको छ ।

उत्तर प्रदेशका एडीजी अमिताभ यशले यस राज्यमा सुरक्षा अवस्था बढाउनका लागि सबै प्रहरीलाई आदेश दिइएको बताए । उनले धार्मिक क्षेत्र, संवेदनशील जिल्ला र सीमा क्षेत्रमा सुरक्षा कडा बनाइने बताए ।