डुम्रे-बेसीशहर सडकखण्ड १२ दिनसम्म दैनिक साढे ६ घण्टा बन्द हुने
डुम्रे-बेसीशहर सडकखण्ड १२ दिनसम्म दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । सडक विस्तार र स्तरिकरणकाे लागि सडक खण्ड बन्द गर्न लागेकाे सडक डिभिजनले जनाएको छ ।
डुम्रे-बेसीशहर-चामे सडक योजना अन्तर्गत भानु नगरपालिकामा पर्ने चाम्बासदेखि तुरतुरे खण्डमा सडक विस्तारको काम गरिने भएकाले मंसिर २४ गतेसम्म दैनिक साँढे ६ घण्टा बन्द हुने भएको छ ।
उक्त समयमा यात्रा गर्ने सवारी साधनले तुरतुरे-पालुंगटार-खत्रिटार हुँदै विमलनगर निस्कने सडक प्रयोग गर्न सक्ने विभागले जनाएको छ ।
सडक बन्द हुने समय तालिका: कार्तिक २४ देखि मंसिर ५ गतेसम्म
बिहान ६:३० बजे देखि ९:०० बजे सम्म
बिहान ११:०० बजे देखि दिउँसो १:०० बजे सम्म
दिउँसो २:०० बजे देखि दिउसो ४:०० बजे सम्म




