रूकुम पश्चिमकाे जिप दुर्घटनामा मृत्यु हुने ७ पुगे, ६ काे सनाखत

मूलखबर संवाददाता
काठमाडौं, ७ कात्तिक

रूकुम पश्चिम जिल्लामा भएको जिप दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या ७ पुगेको छ ।  जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको हाे । १० जना घाइते भएका छन् ।

आठविसकोट नगरपालिकाको स्यालाखदीबाट जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाटतर्फ आउँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुल्न बाँकी छ ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको छ ।