भदौ २४ को विध्वंशमा संलग्नलाई प्रहरी कार्वाही शुरु, हेर्नुहोस् एक प्रमाण

मूलखबर संवाददाता
ललितपुर, १ कात्तिक ।

जेनजी आन्दोलनको नाममा पहरी कार्यलय, सरकारी कार्यलय र नीजी घरहरुमा समेत आगजनी र विध्वंश मच्याउने र लुटपाट गर्ने देखि पहरीको हात हतियार समेत लुट्नेहरुमाथि धमाधम प्रहरीले माधम कार्वाही अगाडि बढाउन थालेको छ ।
जको उक उदाहरणको रुपमा ललितपुरकै हरिसिद्धि प्रहरी प्रभागमा भएको आगजनी र लुटपाटको कसुरमा एक जनामाथि हदैसको कार्वाही गर्न भनि मुद्दा दायर भएको छ ।
प्रहरी प्रभाग हरिसिद्धि ललितपुरमा गत भदौ २४ गते प्रदर्शनका क्रममा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ उदयपुर घर भएका २६ वर्षीय दीपक राईले आगजनी, तोडफोडपछि प्रहरीको हातहतियार, गोली गठ्ठा लुटेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रहरी प्रभाग हरिसिद्धि ललितपुरमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक अमोदकान्त झाको प्रहरी प्रतिवेदनको आधारमा राईमाथि आपराधिक उपद्रव, डाँका चोरी र एकीकृत कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । राईलाई प्रहरीले असोज ४ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । पक्राउ गर्ने क्रममा राईको कोठाबाट पेस्तोल २ थान, सोमा लाग्ने म्यागेजिन २ थान र गोली १३ राउन्ड प्रहरीले बरामद गरेको थियो । सो प्रहरी प्रभागबाट राइफल एक थान, त्यसमा लाग्ने २७१ राउन्ड गोली, म्याग्जिन ३ थान, चाइनिज पेस्तोलको गोली ९ राउन्ड, टाइप ७७ चाइनिज पेस्तोलको गोली ६ राउण्ड, ग्यास सेल ६० सेल, सर्टगनको जंगी राउण्ड ६० र रबरको बुलेट २० थानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रतिवेदनका आधारमा राईविरुद्ध ८८ लाख ४३ हजार २२० रुपैयाँ बराबरको बिगो कायम गरिएको छ । प्रहरी भवनलगायत पूर्णरूपमा क्षतिग्रस्त भएको भवनको ७५ लाख, एक थान पल्सर बाइकको २ लाख १० हजार, ह्यान्ड सेट ९वाकीटकी० को २ लाख ८० हजार र सुरक्षाकर्मीको थप पोशाक सहितका अन्य जिन्सी सामानहरूको ८ लाख ५२ हजार ४ सय रुपैयाँ बिगो कायम गरिएको छ । राईलाई यसअघि पनि अभद्र व्यवहार मुद्दामा २०७९ माघ २६ गते ललितपुर जिल्ला अदालतले दोषी ठहर गरी २० दिन कैद र २ सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको थियो । त्यसलाई समेत आधार मानेर पटकेअन्तर्गत थप सजाय मागदाबी गरिएको छ ।

घटनासँग सम्बन्धित भिडियो, फोटो, सीसीटिभी फुटेज लगायतलाई प्रमाणको रूपमा पेस गरिएको छ । त्यसैगरी प्रतिवादीबाट बरामद भएका हतियारलाई पनि प्रमाणको रूपमा पेस गरिएको छ ।