सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, ताेलाकाे २ लाख ५८ हजार
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विगत केही दिनदेखी लगातार बढीरहेकाे सुनकाे मुल्य हिजाे २ लाख ५० हजार कटेकाे थियाे ।
आज सुन प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी प्रतितोला रू तीन हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।




