केपी ओली र रमेश लेखकसहित ५ जनालाई काठमाडौं बाहिर जान राेक्का
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले अपदस्थ पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।
आयोगले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको हकमा उक्त निर्णय गरेको हो ।
उनीहरूलाई काठमाडौं उपत्यका बाहिर जान समेत नपाउने गरि राेक लगाइएको छ ।




