मन्त्रीपरिषद विस्तार, पालमुनी लिए मन्त्रीहरूले सपथ

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ

जेनजी आन्दोलनको बलमा बनेकाे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद विस्तार गरेकी छन् । प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

थपिएका मन्त्रीहरूमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन् । उनिहरूले आगलागी भएको राष्ट्रपति भवनको बाहिर पाल टाँगेर रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।