जेन-जी आन्दोलनको क्रममा माओवादी केन्द्रसम्बद्द कति घर ध्वस्त पारियाे ?
जेन-जी आन्दोलनको क्रममा माओवादी केन्द्रले आफ्ना नेताहरूको जलाईएको घरको विवरण सार्वजनिक गरेको छ।-
१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड।
२०. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
२१. दार्चुला पार्टी कार्यलय अागजनी
२२. मकवानपुर पार्टी कायर्लय अागजनी
२३. मधेस प्रदेश नेता युवराज भट्टराइकाे घरमा अागजनी
२४. केन्द्रीय कार्यलय पेरिसडाँडा अाजगनी र ताेडफाेड
२५. बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।





