लमजुङबाट हालसम्म ३० जना फरार थुनुवा/कैदीहरु पक्राउ
कास्की र तनहुँ कारागारबाट भागेका ३० जना थुनुवा र कैदीहरुलाई लमजुङ प्रहरीले नियन्त्रणमा लिई कारागार कार्यालय तनहुँमा बुझाएको छ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका ५ जना, ज्यान मार्ने उद्योगका १ जना, जबरजस्तीकरणीका ६ जना, लागू औषधका ५ जना, चोरी मुद्दाका १२ जना र बालविवाह मुद्दाका १ जना रहेका छन्।
प्रहरीले आफ्नो छरछिमेकमा कोही कैदी रहेकोभए प्रहरीलाई सूचना दिन समेत अनुरोध गरेको छ।
हाल लमजुङ कारागार निर्माणको क्रममा रहेकाले लमजुङका सबै कैदीहरू पनि तनहुँ र कास्की कारागारमा छन्।





