लिभरपुललाई पराजित गर्दै क्रिस्टल प्यालेसलाइ कम्युनिटी शिल्ड
विम्बली स्टेडियममा अाइतबार राति भएको खेलमा लिभरपुललाई पराजित गर्दै क्रिस्टल प्यालेसले कम्युनिटी शिल्ड जितेको छ। निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा एफए कप विजेता क्रिस्टल प्यालेसले प्रिमियर लिग विजेता लिभरपुललाई ३-२ले हराएपछि कम्युनिटी शिल्ड जितेको हो। क्रिस्टल प्यालेसका गोलकिपर डिन हेन्डरसनले लिभरपुलका तर्फबाट तीन पेनाल्टी रोकेका थिए । मोहम्मद सलाह, म्याक अलिस्टर र हार्भे एलियटको प्रहार रोकेपछि हेन्डरसन जितको नायक बने।
त्यसअघि खेलको चौथो मिनेटमै ह्युगव इकिटिकेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलएका थिए।




