अनेमसंघ (क्रान्तिकारी) सम्पर्क समन्वय समिति लमजुङको प्रथम भेला सम्पन्न, तिवारीको नेतृत्वमा समिति गठन

मूलखबर संवाददाता
काठमाडौं, २५ साउन ।

लमजुङबाट विभिन्न पेशा व्यवसायका क्रममा काठमाडौं उपत्यकामा रहेका नेकपा माओवादी केन्द्रनिकट महिलाहरुको भेला आइतबार सगुन क्याफे नयाँबजारमा सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारीको लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति कमला तिवारीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ ।

अनेमसंघ क्रान्तिकारी सम्पर्क समन्वय प्रदेश केन्द्रीय सदस्य विष्णु विक वृक्षाको अध्यक्षतामा पार्टी स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज यसोदा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा लक्ष्यदेवी ढकाल, सिर्जना पाण्डे चयन गरेको छ भने सचिवमा देउती कुमाल चयन भएकी छिन् ।

 

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय उर्मिला माझीको विशेष आतिथ्यता रहेको थियो भने सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी विवेक, सम्पर्क समन्वय प्रदेश समिति उपाध्यक्ष तारा कुमाल, प्रेस सेन्टरका पूर्व महासचिव तथा उपत्यका विशेष प्रदेश कार्यलय सदस्य सन्तोष पौडेल, गण्डकी प्रदेश सम्पर्क समन्वय समिति संयोजक रामप्रसाद भन्ताना, राइनास नगरपालिका लमजुङका उपप्रमुख पुष्पराज खनाल, श्रीलंकाका पूर्व राजदुत महामहिम वाशु मिश्र, सम्पर्क समन्वय लमजुङका इन्चार्ज गुणराज घिमिरे, पुर्व अध्यक्ष डि बि मजाकोटी, सल्लाहकार ईश्वर न्यौपाने, डा. ठाकुर भट्ट, अनेमसंघ क्रान्तिकारी सम्पर्क समन्वय प्रदेश समिति उपाध्यक्ष रचना भट्ट खनाल लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा प्रमूख अतितिको रुपमा सम्वोधन गर्दै माओवादी स्थायी समिति सदस्य एवम् संविधानसभा सभासद यशोदा सुवेदीले महलिाहरु पितृसत्तावादी सोच र साँस्कृतिक रुपमा समेत विभेदमा पारिएको बताउँदै अधिकारको लागि संघर्ष गर्न आवश्यक भएको बताउनुभयो । उहाँले अनेमसंघको केन्द्रीय महाधिवेशनको तयारी गर्न सबै कमिटिहरुलार्य निदैशन दिनुभयो ।

विशेष अतिथिको रुपमा माओवादी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला माझीले महिलाहरुले अधिकारको संघर्ष गर्दै गर्दा कर्तव्यमा पनि दृढतापुर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजदेखी संसदसम्म महिलाको अधिकारको पक्षमा निरन्तर आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

 

कार्यक्रममा अनेमसंघ समन्वय समितिका केन्द्रीय अध्यक्ष प्रतिमा गहतराज, महिला नेतृ तारा कुमाल, सावित्रा कोइराला, गुणराज घिमिरे, सम्पर्क समन्वय गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद भन्ताना, राइनास नगरपालिका लमजुङका उपप्रमुख पुष्पराज खनाल, लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष अर्जुन मगरातीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित महलिाहरुले तिजको शुभकामना आदानप्रदान गर्दै विभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रथम भेलाबाट निर्वाचित कार्यसमिति निम्नानुसार रहेको छ ।
अध्यक्ष – कमला तिवारी
उपाध्यक्ष – लक्ष्य देवी ढकाल
उपाध्यक्ष – सिर्जना पाण्डे
सचिव – देउती कुमाल
सहसचिव – रिता रिमाल सेढाई
कोषाध्यक्ष – सविता सेढाई अर्याल
सदस्यहरू-
सुनिता अधिकारी , सोविता वयलकोटी, रमा अछामी, रीता बस्नेत,  मिरा कुमाल,  अस्मिता ढकाल