पेरिसडाँडामा प्रचण्डले गरे फेरि यस्तो प्रतिवद्वता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा फेरि एकपटक विद्राेह गरी प्रतिक्रियावादीलाई परास्त गर्न आफैंले नेतृत्व गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् । प्रचण्डले देशमा एकचोटि नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूलाई सम्झिँदै अध्यक्ष प्रचण्डले देशमा एकचोटि नयाँ विद्रोह आवश्यक रहेको र आफूले गर्ने पनि बताएका हुन्।
उनले भने,’आज हामी बल गर्दै छौँ। देशभक्तिलाई, क्रान्तिकारी, वामपन्थीलाई जोडेर प्रतिक्रियाबादीहरुको षडयन्त्रहरूको प्रतिवाद गर्ने हामीले कोशिश गरेका छौँ। हाम्रो वर्गसँग जोडिने बल गर्दै छौ। मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित हामी हिँडिराखेका छौँ । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’
उनले आफू प्रधानमन्त्री भएको बेला पछिल्लो पटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।




