खगेन्द्र सुनारलाई रानी शाहले दिइन् यस्तो चेतावनी
दलित अधिकारकाे अभियन्ताकाे रूपमा आफुलाई चिनाउन चाहने खगेन्द्र सुनारले माओवादी र प्रचण्डविरूद्व अभिव्यक्ति दिएपछि उनकाे पक्ष र विपक्षमा विभिन्न प्रतिक्रियाहरू आएका छन् ।
माइतीघरमा आफैंले नेल लगाएर `दलितलाई खै´ भन्ने नारा बनाएर लामाे अनसन बसेका सुनारलाई अनसनकाे क्रममा माओवादी नेताहरू र दलित अधिकारकाे पक्षमा लागेका माओवादी कार्यकर्ताहरूले साथ र समर्थन दिएका थिए तर पछिल्लो समयमा सुनारे दिएकाे अभिव्यक्तिविरूद्व माओवादी नेता कार्यकर्ताले आलोचना गरेका छन् ।
सुनारको पछिल्लो अभिव्यक्ति जुन थालमा खायाे त्यहि थालमा थुक्ने खालकाे भएको प्रतिक्रिया माओवादी निकट पत्रकार तथा सामाजिक अभियन्ता रानी शाहले दिएकी छिन् । उनलेे सामाजिक सञ्जाल फेसबुकमा छाेटाे स्टाटस लेख्दै सुनारलाई कडा चेतावनीसमेत दिएकी छिन् ।
उनलेे लेखेकी छिन्-
जुनसुकै आन्दोलनको जग माओवादी जनयुद्व हो , जनयुद्वले ठुलो राजनितिक जागरण ल्यायो त्यसैको उपज आजका खगेन्द्र सुनारहरु हुन , त्यहि थालमा खाएर त्यसैमा थुक्ने काम खगेन्द्र सुनारहरुले नगरे हुन्छ 😏 ।




