उइगुरको स्वतन्त्रतामा उकासिएको चीनको ‘इनिङ’ शहर
चीनको प्रतिष्ठीत दैनिक पत्रिका पिपल्स डेलीको निमन्त्रणमा गत मे २१ देखि २७ सम्म चिनको उरुम्ची प्रान्तको सिन्जीयाङमा आयोजित एससिओ मिडिया फोरममा सहभागि हुन गएको बेला उरुम्चीकाे एक पर्यटकीय शहर इनिङको भ्रमण गर्ने अवसर प्राप्त भयो । हामीले सोचेभन्दा धेरै राम्रो लाग्यो इनिङ शहर । यो सानो लेखमा इनिङको बर्णन गर्न सम्भव छैन तैपनि यसका केही बहुआयामिक पक्षबारे संक्षिप्तमा राख्ने प्रायास गरिएकाे छ ।

पश्चिमी चीनको एक सुदूर शहर इनिङ सायद विश्व मानचित्रमा धेरैको चासाे र जानकारीमा परेकाे नाम हाेईन । मलाई पनि त्यहाँ पुग्नुभन्दा पहिले थाहा थिएन । तर यो शहर उइगुर जातिको इतिहास, संस्कार, संघर्ष र आत्मनिर्भरताको एक प्रतीक बनिरहेको छ। इनिङ, जसलाई प्राचीन ‘इली उपत्यका’ काे रूपमा चिनिन्थ्याे को मुटुमा अवस्थित छ । चीनकाे पश्चिमी सिमा प्रान्त उरूम्की अन्तरगत रहेकाे याे शहर उइगुरहरूको सांस्कृतिक उज्यालो बिम्बकाे रूपमा रहेको छ । इनिङ शहरले अहिले विश्वभर ज्याेती फैलाइरहेकाे छ ।

मनाेरम प्राकृतिक साैन्दर्य, चिसाे शितल माैसम र वातावरणले इनिङ शहरमा पर्यटकीय आकर्षण बढाइरहेकाे छ । त्यसबाहेक इनिङ सहरमा रहेका प्राचिन संस्कृति, मस्जिद र धार्मिक पर्यावरणले इनिङलाई थप आकर्षणकाे केन्द्र बनाइरहेकाे छ ।
इनिङको प्राचीन सभ्यता : एक ऐतिहासिक गाथा
इनिङ शहरको इतिहास हजारौं वर्ष पुरानो छ। यो क्षेत्र ऐतिहासिक रूपमा सिल्क रोड (रेशम मार्ग) को एक प्रमुख बिन्दु थियो, जहाँ व्यापार, संस्कृति, धर्म र जातिको आदान–प्रदान हुन्थ्यो। इली नदीको किनारमा अवस्थित इनिङ, प्राचीन कालमा तुर्किक र इस्लामिक सभ्यताका केन्द्रहरूमध्ये एक थियो। त्यसैले राष्ट्रपति सि जिनपिङले सिनजियाङ र इनिङकाे विकासमा विशेष ध्यान दिएकाे पाइन्छ ।

झन्डै ८औं शताब्दीदेखि यस क्षेत्रमा उइगुर जातिको बसाेवास रहेकाे पाइन्छ । उनीहरूले त्यतिवेलादेखी यहाँ कृषि, पशुपालन, व्यापार र हस्तकलामा समृद्ध संस्कृति विकास गरेका थिए। त्यो बेला पनि इनिङ धार्मिक सहिष्णुता, बहुसांस्कृतिक सह–अस्तित्व र उइगुर जीवनशैलीको केन्द्र थियो। जाे अहिले पनि निरन्तर छ र झन झाँगिदाे अवस्थामा छ ।
इनिङमा माैलिक उइगुर शैलि
इनिङको सहर, सडक र गल्लीहरूमा आज पनि उइगुर शैलीको पुरानो वास्तुकला देख्न पाइन्छ– सुन्दर ठूला ढोकाहरू, रङ्गीन झ्यालहरू, र इस्लामिक घुमावदार मस्जिदहरू।
इनिङका बजारहरूमा उइगुर संगीत, कपडा, मसला र सुन्दर हस्तकलाहरू पनि पाइन्छन्। प्रसिद्ध ‘नाईन-फ्लावर टाई’ (नाै थुङ्गे टोपि), उइगुर जातीय पहिरन र त्यहाँको पारम्परिक खाना– लागमन (हाते–नुडल्स), पोलाउ, कोबुरेक (मासु भरिएको पिठो)अत्यन्त लोकप्रिय छन्। बाक्लाे पिजा र ठूलाे मःम यहाँकाे विशेष परिकार हुन् जसलाई यहाँ आउने सबै पर्यटकले मन पराउँछन् ।
आधुनिक इनिङ : विकासको गतिलाे उदाहरण
चीन सरकारले इनिङलाई “आधुनिक शिनजियाङ” को उदाहरणका रूपमा अगाडि सारेको छ। नयाँ सडक, उडान सुविधा, विद्युतीय रेलमार्ग, उद्योग, टेक हब, र चिनियाँ शैक्षिक केन्द्रहरू खोलिएको छ । निशुल्क शिक्षा, सहज व्यवसायिक कर्जा, राेजगारीमा स्थानियलाई प्राथमिकता, महिला र वृद्वहरूका लागि विशेष आरक्षण र सुविधा लगायतका विषयहरू कार्यन्वयनमा छन् ।

इनिङमा अहिले चिनियाँ हान जातिको बसोबास पनि बढ्दाे गतिमा छ । यसले गर्दा इनिङमा सबै खालका संस्कृतिहरू देख्न थालिएकाे छ । जातिय रूपमा एक नमुना सहरकाे रूपमा इनिङलाई विकास गर्न लागिएकाे छ ।
इनिङमा परम्परागत र आधुनिक दुबै खालका संरचनाहरूकाे विकास छ । विशेष गरी सडक र मुख्य राजमार्गआसपासमा चम्किला भवनहरू बन्न शुरू गरेका छन् भने अन्य सडक गल्लीमा र बस्तीमा भने परम्परागत घर, मस्जिद, बाटाे, यातायातका साधनहरू नै देखिन्छन् । इनिङमा आर्थिक विकासको साथमा उइगुरहरूको मौलिकता, भाषा र धार्मिक स्वतन्त्रतालाई व्यवस्थित गर्ने, व्यवसायीक बनाउने योजना कार्यान्वयनमा छ।
मस्जिदहरूमा व्यवस्थित संरचना बनाइएका छन् । इनिङ पुग्ने सबै आन्तरिक र बाह्य पर्यटकहरूलाई मस्जिदहरूकाे भ्रमण गराइन्छ । उइगुर र मुस्लिम समुदायकाे संस्कार र संस्कृतिकाे बारेमा जानकारी गराइन्छ । मस्जिदहरूमा कुरान पढ्ने युवाहरू प्रसस्तै देखिन्छन् । पश्चिमा मिडियाले प्रचार गरेजस्तो धार्मिक पुस्तकहरू प्रतिबन्धित गरिएका छैनन् । निर्वाध पढिरहेका भेटिन्छन् । विद्यालयहरूमा र कलेजमा आफ्नै भाषामा शिक्षा लिने दिने व्यवस्था गरिएको छ ।
इनिङ अति सुन्दर, सफा र स्वच्छ शहर बनेकाे छ । चिल्ला सडकबाट इनिङका बस्ति छिर्दै गर्दा उइगुर युवा युवतिले माैलिक बाजा र गितमार्फत पर्यटक र आगन्तुकलाई स्वागत गरिन्छ । मन्त्रमुग्ध संगित र सुन्दर युवतिहरूका मधुर मुस्कानले पर्यटकलाई स्वागत अभिवादनबाट पर्यटकहरू वास्तवमै लाेभिन्छन् इनिङमा । इनिङका बस्ती भ्रमणकाे लागि एउटा घाेडाले तानेर चल्ने गाडा (जसलाई वान हर्स कार्ट भनिन्छ)मा राखेर पर्यटक र आगन्तुकलाई बस्ति भ्रमण गराइन्छ । एउटा गाडामा १२ जना मानिस यात्रा गर्न सकिन्छ । याे माैलिक र आकर्षक यातायातको साधन हाे ।

इनिङकाे उज्यालो भविष्य
चिनियाँ सरकार इनिङलाई मोडल सिटी बनाउन चाहन्छ,जसमा उइगुरकाे स्वतन्त्रता र माैलिकता समावेश हाेस् । उइगुर जातिकाे संस्कृति, भाषा, माैलिकता सहितकाे इनिङ शहर’ ।






