किसानलाई मलकाे माग गर्दै वाइसीएल लमजुङले बुझायाे प्रजिअलाई ज्ञापनपत्र
नेकपा माओवादी केन्द्रकाे भातृ संगठन वाइसीएल लमजुङले किसानलाई मल उपलब्ध गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
वाइसीएल लमजुङका इन्चार्ज तथा केन्द्रीय सदस्य मैत बहादुर गुरूङ`यम´काे नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीसमक्ष साेमबार ज्ञापन पत्र बुझाएको हाे ।
वाइसीएलले देशव्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत लमजुङमा पनि ज्ञापनपत्र बुझाइएको इन्चार्ज गुरूङले बताए । ज्ञापनपत्रमा साउनकाे मध्य हुँदासम्म मलखाद नपाएर किसान पीडित भएको बताउँदै तत्काल मल उपलब्ध गराउन र न्याेचित वितरण गर्न माग गरिएकाे छ ।
त्यसैगरी पत्रमा सरकारको कुसासन, भ्रस्टाचार, कालोबजारी लगायत विभिन्न बिकृती र बिसङ्गतिबिरुद्ध पनि आन्दोलन गर्ने जनइएकाे छ । ज्ञापनपत्रमा अध्यक्ष शिवराज गुरूङ र इन्चार्ज यम गुरूङकाे हस्ताक्षर रहेकाे छ ।
साे अवसरमा माओवादी युवा नेताहरू कृष्ण अधिकारी, उत्तम अधिकारी, वाइसीएल अध्यक्ष शिवराज गुरूङलगायतकाे उपस्थिति रहेकाे थियाे । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यस विषयलाई आफुले गम्भीरतापूर्वक लिएकाे र समाधानका लागि पहल गर्ने बताएका थिए ।





