अनेमसंघ (क्रान्तिकारी)काे गण्डकी समन्वय प्रदेश भेला सम्पन्न, सिमानाकाे नेतृत्वमा समिति गठन
नेकपा (माओवादी केन्द्र)काे अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ ।
रचना भट्ट्को अध्यक्षता एव स्थायी समिति सदस्य तथा महिला अध्यक्ष अमृता थापाको प्रमुख आतिथ्यतामा मदर्स ब्यान्केट काठमाडौंमा भव्यतापुर्वक सम्पन्न भएकाे भेलाले सिमना कुमालकाे अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।
समितिकाे उपाध्यक्षहरूमा धनकुमारी भट्टराई, शुसीला श्रेष्ठ, भगवती पराजुली र सचिवमा सर्मिला श्रेष्ठ पाण्डे चयन भएका छन् । भेलाबाट ७ सदस्यीय पदाधिकारी सहित ३५ सदस्य समिति गठन भएको हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष अमृता थापामगरले महिलाहरू घर, समाज, पार्टी र सबैतिर सशक्त ढंगले अगाडि बढ्दै आगामी निर्वाचनमा माओवादीलाई एक्लै लडेर जित्ने बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा माओवादी स्थायी समिति सदस्य यशाेदा सुवेदी, प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य उर्मिला माझी, गण्डकी प्रदेश सरकारकी पुर्व मन्त्री तथा केन्द्रीय सदस्य मधु अधिकारी, संविधानसभा सभासद पार्वती थापा, सम्पर्क समन्वय गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद भन्ताना, कानुनविद लक्ष्मी देवकाेटालगायतले सम्वाेधन गरेका थिए ।





