कांग्रेसले किन्यो १३ करोडमा १९ आना जग्गा
सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यालय रहेको सानेपाको कार्यालय विस्तार गर्न थप १९ आना जग्गा किनेको छ । पार्टी उपसभापतिसमेत रहेका शहरी विकास मन्त्री प्रकासमान सिंहले तरुण दलको जग्गा किन्न राज्यबाट बजेट विनियोजन गरेको भनेर आलोचना भइरहेका बेला कांग्रेसले केन्द्रीय कार्यलय बनाउन १९ अना जग्गा १३ करोडमा किन्न लागेको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनुसार केन्द्रीय कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउन कार्यालय अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको बताए ।
पौडेलका अनुसार पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर खरिद गर्ने सम्झौता भएको छ ।
पौडेलले १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता बताए । उनले थपे –जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको छ ।




