तेमाल गाउँपालिकाको बजेट ५३ करोड १२ लाख , के छ प्राथमिकता ?
तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औं गाउँ अधिवेशनमा उपाध्यक्ष दलमान थोकरले सो बजेट ल्याएका हुन् । मंगलबार गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभामा अध्यक्ष तामाङले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थोकरले प्रस्तुत गरेको बजेट तथा योजना सर्वसम्मत रुपमा पारित गरेको छ ।
अध्यक्ष तामाङले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता“ भन्ने मूल नारालाई आत्मसात गरेको बताउँदै यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताए ।
सो अवसरमा सुन्दर एवं व्यवस्थित सडक, प्रविधिमैत्री, हराभरा तेमाल निर्माण गर्ने यस नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै उनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्ने शैक्षिक लक्ष्य लिइएको बताए ।
अध्यक्ष तामाङले ९ वटै वडामा स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी गाउँवासीको स्वास्थ्य सेवा पहुँच अभिवृद्धिमा रुपान्तरण गर्ने लक्ष्य लिइएको र गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुप्रतिको जनविश्वास र सेवाग्राहीको संख्या शतप्रतिशतले वृद्धि हुने लक्ष्य रहेको सभा समक्ष प्रस्तुत गरे ।
‘गाउँपालिकाको रणनितिक सडकहरु ग्रावेल सडकमा रुपान्तरण भएका हुनेछन, गाउँपालिकाको ब्याक हो लोडर मेसिनलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पूर्ण सडकहरुलाई खाल्डाखुल्डी रहित बनाउने लक्ष्य लिईएको छ ।’ तामाङले भने, ‘प्रस्तुत नीतिहरु तेमाल गाउँपालिका र सम्पूर्ण गाउँवासीहरुको हितका लागि उपयोग गरिने लक्ष्य रहेको छ ।’
यसैबीच गत असोज १० देखि १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुलाई उद्धार राहत तथा नगद वितरण तथा पुर्ण रुपमा अवरुद्ध भएका सडकहरु पुनः सञ्चालन गरिएको अवगत गराउदै अब शुरु हुने मनसुन सँगै पुनः विपद् आउन सक्ने भएको हुँदा विपद् पूर्व तयारीमा आफूहरु जुट्ने बताए ।
यी हुन् नीति तथा कार्यक्रममा समावेश भएको महत्वपूर्ण नीतीहरुः
शिक्षा सम्बन्धी कार्यनीति
तेमाल गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम गरिनेछ ।
शिक्षा नियमावली, शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गरिने छ।
स्थानीय पाठ्यक्रमलाई कार्यन्वयन गर्दै विद्यालयमा पठनपाठन हुने स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छपाई तथा कार्यान्वयन गर्ने ।
साथै स्थानीय पाठ्यपुस्तक कार्यन्वयन गर्न स्थानीय पाठ्यक्रम प्रबोधिकरण तालिम सञ्चालन गरिनेछ ।
सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी मिलान एवं शिक्षक सरुवालाई व्यवस्थापन गरी दरबन्दी वितरणलाई परिणममुखी बनाउन ठोस कदम चालिनेछ ।
नियमित रुपमा विद्यालय सुपरिवेक्षण गर्ने व्यवस्था मिलाई शैक्षिक सुधारका लागि नियमित नियमनको व्यवस्था मिलाइनेछ ।
भौगोलिक दुरीको आधारमा विद्यालय समायोजन गर्दै एकिकृत विद्यालय विकासको अवधारणा ल्याईनेछ।
विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने नीति ल्याईनेछ।
शिक्षा क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ।
सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।
सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणाली ९भ्ःक्ष्क्० लागु गर्ने नीति अवलम्बन गरिनेछ।
गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिकस्तर सुधारका लागि शिक्षा विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
सबैः सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अनुरुप स्थानीय मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई प्रोत्साहन दिइनेछ ।
सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश सरकारलाई सिफारिस गरिनेछ । साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिने छ ।
सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।
गाउँपालिकाभित्र खेलकुद विकासको माध्यमबाट खेलाडीहरुलाई प्रोत्साहन गर्ने निति लिइनेछ ।
सामुदायिक विद्यालयमा कुनै बिदा, सरुवा वा अन्य कारणबाट शिक्षकको अभाव हुन नदिन शिक्षक बैंकको व्यवस्था मिलाई स्वयंमसेवक शिक्षकको व्यवस्थापन गरिनेछ ।
स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनर्स्थापन सेवालाइ सहज र नियमित वनाइनेछ
तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरु सूचना प्रविधिमैत्री बनाइनेछ ।
गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आवश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उपालब्ध गराउने नीति लिइनेछ ।
निःशुल्क आँखा शिविर नसर्ने रोगहरु तथा पाठेघारको रोग सम्बन्धी कार्यक्र सञ्चालन गराइनेछ ।
स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य संस्थाको भूमिका ,महामारी रोग नियन्त्रण तथा ग्रामीण भिडियो एक्सरे सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गराइनेछ ।
तेमाल गाउँपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८२।०८३ देखि लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।
मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु पहिचान गरी उपचार र उद्धारको लागि दक्ष जनशक्ति परिचालन गरिने नीति लिइनेछ ।
स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ।
स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ।
जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
मोतिया विन्दुको शल्याक्रिया शिविर सञ्चालन गरिनेछ ।
मा।वि र आ।वि।हरुमा आँखा, दाँत, नाक, कान, घाँटी सम्बन्धी शिविर सञ्चालन गरिनेछ ।
पिउनेपानी परीक्षण शुद्धिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
मधुमेह रोगको ल्याव परिक्षण निः शुल्क गरिनेछ ।
नसर्ने रोग सम्बन्धी कार्यक्रमः मधुमेह, उच्च रक्तचाप जाँच र गाउँघर क्लिनिक विस्तार गरिनेछ ।
भौतिक पूर्वाधार विकास ९आवास तथा पूर्वाधार०
आवधिक योजना, आवास योजना, र वस्ति विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
गाउँपालिकाका केन्द्र जोड्ने सडकहरुलाई आगामी दुई वर्षभित्र गुणस्तरीय ढलान तथा ग्रावेल सडकमा रुपान्तरण गर्न र रणनितिक योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
विकास आयोजना छनौट गर्दा सामाजिक(आर्थिक लाभ,उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिइनेछ । पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिनेछ । कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमहरूको पुनःप्राथमिकीकरण गरी नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुनसक्ने आयोजना तथा कार्यक्रममा यथेष्ट बजेट विनियोजन गरिनेछ । आयोजनाको कार्यान्वयन प्रगतिका आधारमा सम्पन्न गर्ने, निरन्तरता दिने, स्थगन गर्ने वा खारेज गर्ने नीति लिइनेछ ।
दिर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ।
गाउँपालिका भित्र भु(उपयोग नीति लागु गर्दै जाने नीति लिइनेछ।
गाउँपालिका भित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिनेछ।
गाउँपालिकाको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरिनेछ ।
गाउँपालिकाबाट विनियोजन हुने विकासहरुको कार्य प्रगतिको आधारमा मध्यकालिन खर्च संरचना ९ःत्भ्ँ० मार्फत प्राथमिकताको आधारमा लागू गर्दै लैजानेछ।
कृषि तथा पशुपंक्षी सम्बन्धी कार्यनीति
तेमाल गाउँपालिकामा उत्पादन भएको बोद्यिचित्ता मालाको संरक्षणका लागि सहजीकरण गरिनेछ ।
तेमाल गाउँपालिकाले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ ।
कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरीनेछ ।
तेमाल गाउँपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने दलित तथा पिछडिएको वर्गको घर परिवारको पहिचान गरिनेछ ।
अर्गानिक खेतिको विस्तार र तरकारी तथा खाद्यान्नमा विषादीको उचित व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ।
गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेति प्रवर्द्धन र प्रशोधनका कार्यहरु संचालन गरिनेछ।
तेमालको रैथाने बाली पहिचान, संरक्षण तथा विस्तार गरिनेछ ।
तेमाल गाउँपालिका क्षेत्रमा भित्रिने खाद्य वस्तुको गुणस्तर परीक्षणको व्यवस्था मिलाईनेछ ।
पशुपालनलाई व्यवस्थित गर्न पशुपंक्षीजन्य व्यवसायको अभिलेखीकरण प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।




