कांग्रेसका नेता गणेश लामाले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ
नेपाली कांग्रेसका नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्टाउँदै लामालाई सफाइ दिएको हो।
विशेष अदालतले २०७५ साउन २४ गते सम्पत्ति शुद्धीकरण मुद्दामा लामालाई दोषी ठहर गरेको थियो। लामाले आपराधिक गतिविधिबाट १ करोड ४० लाख ५० हजार बराबर अवैध सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको थियो।





