चोरी कसुर मुद्दामा २३ वर्षपछि पक्राउ

मूलखबर संवाददाता
लमजुङ, २० जेठ

लमजुङ जिल्ला अदालतले चोरी कसुर मुद्दामा ९ वर्ष १० महिना १८ दिन कैद फैसला तोकेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।
सुन्दरबजार नगरपालिका २ (साविक परेवाडाँडा गाउँ विकास समिति ४) घर भइ हाल दूधपोखरी गाउँपालिका ४, इलमपोखरी बस्दै आएकी ५० वर्षिया रुपा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले गोप्य सूचनाको आधारमा उनलाई हाल बसिरहेकै ठाउँबाट पक्राउ गरी सोमबार जिल्ला अदालतमा बुझाइएको बताए ।
लमजुङ जिल्ला अदालतबाट चोरी कसूर मुद्दामा २०५९ जेठ २६ गते फैसला भएका उनलाई प्रहरीले अदालतमा बुझाएसंगै अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार पठाएको छ ।