आज संसदको दुबै सदनको बैठक बस्दै, गृहमन्त्रीको राजीनामा नआएसम्म होला त बैठक ? यस्तो छ कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो ।
संसदको बैठकबारे सम्भावित कार्यसूची सार्वजनीक गरिएको छ । प्रतिनिधि सभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ।
राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएका तथा संलग्न देखिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन अवरोध गर्ने अडान प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) लगायतले कायम राखेका छन्। माओवादी केन्द्रको हिजो सम्पन्न संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने निर्णय गरेको छ ।
यस्तो अवस्थामा सरकारले संसदको नियमित काम कार्वाही अगाडि बढाउन सक्ला त भन्ने प्रश्न उठेको छ । सत्तारुढ गठबन्धनमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले भने गृहमन्त्रीले राजीनामा गर्न नपर्ने निर्णइ गरेका छन् । सत्तारुढ दल र प्रतिपक्षी दलहरु आमनेसामने हुँदा संसदको नियमित काम कार्वाही अवरुद्ध हने सम्भावना नै बढि देखिन्छ ।





