यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नीति कार्यक्रम पहिलेको ८० प्रतिशत कपी पेष्ट छ : प्रभु शाह. नीति कार्यक्रम पहिलेको ८० प्रतिशत कपी पेष्ट छ: प्रभु शाह. प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अघिल्लो वर्षको ८० प्रतिशत कपी पेष्ट भएको बताएका छन् । उनले अहिलेको नीीत कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।. शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाए ।. नेता साहले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको बताए ।. ‘देशलाई सङ्कटबाट निवारण गर्छ, जनतालाई उत्साहित बनाउँछ, फेरि एक चोटि धरमराइरहेको आशालाई जीवित गर्छ भनेको त यसलाई चिसो पानीमा खनाएको जस्तै भयो,’ उनले भने ।.
नीति कार्यक्रम पहिलेको ८० प्रतिशत कपी पेष्ट छ : प्रभु शाह
मूलखबर संवाददाता
काठमाडौं, १९ बैसाख ।
प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अघिल्लो वर्षको ८० प्रतिशत कपी पेष्ट भएको बताएका छन् । उनले अहिलेको नीीत कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।
शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाए ।
नेता साहले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको बताए ।
‘देशलाई सङ्कटबाट निवारण गर्छ, जनतालाई उत्साहित बनाउँछ, फेरि एक चोटि धरमराइरहेको आशालाई जीवित गर्छ भनेको त यसलाई चिसो पानीमा खनाएको जस्तै भयो,’ उनले भने ।