तिनकुने आततायी घटनाबारे १५ दिनपछि ज्ञानेन्द्रले चुहाए गाेहीकाे आँसु

मूलखबर संवाददाता
काठमाडौं, ३१ चैत

राजावादी आन्दोलनकाे नाममा आतंक मच्याएकाे १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले हिंसात्मक तीनकुने घटनाबारे बोलेका छन् । नयाँ वर्ष-२०८२ का अवसरमा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले तीनकुने घटनामा दु:ख व्यक्त गरेका हुन् । कुनै पनि दल, वर्ग र जनसमुदायले आफ्ना धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्ने पनि उनले बताएका छन् ।

ज्ञानेन्द्रकाे याे दुःख गाेहीकाे आँसु जस्तो देखिएकाे छ । घटना भएको १५ दिनपछि उनलेे व्यक्त गरेको दुःख वास्तविक दुःख नभई कथित सहानुभूति नै हाे ।

उनलेे भनेका छन्- केही दिनअघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो।

तिनकुने घटनाका पर्दाभित्रका कमाण्डर पुर्व राजा ज्ञानेन्द्र नै भएकोले उनलाई गिरफ्तार गरी कानुनी कार्वाही गर्नुपर्ने माग सर्वत्र उठीरहेकाे छ ।