स्ववियुमा क्रान्तिकारीकाे विजयी यात्रा, सरकारी गठबन्धनविरूद्व ५० बढी क्याम्पसमा विजयी

मूलखबर संवाददाता
काठमाडौं, ५ चैत

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले सरकारी गठबन्धनविरूद्व लडेर जित निकाल्दैछ । नेविसंघ र अनेरास्ववियुकाे बलियाे गठबन्धन ताेड्दै क्रान्तिकारीका उमेदवारले हालसम्म ५२ क्याम्पसमा स्ववियु सभापति जितेका छन् ।

राती १० बजेसम्म प्राप्त खबर अनुसार जनकल्याण क्याम्पस थारमारे सल्यानमा अखिल (क्रान्तिकारी) का गणेश वली अध्यक्षमा विजयी भएका छन् । जनचेतना बहुमुखी क्याम्पस कालिकाेटमा अनेरास्ववियु र नेबिसंघकाे गठबन्धनलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) का बसराज बाेहाेरा बिजयी भएका छन् ।

उता सरस्वती बहुमुखी क्याम्पस डकाहा, सिन्धुलीमा अखिल(क्रान्तिकारी) का विवेक साह सुडी अध्यक्ष को प्यानल नै विजयी भएको छ । मरिण बहुमुखी क्याम्पस सिन्धुलीमा पनि अखिल (क्रान्तिकारी) को प्यानलै विजयी भएको छ । प्राप्त खबर अनुसार खप्तड बहुमुखी क्याम्पस मसुरिया कैलालीमा अखिल ( क्रान्तिकारी ) बाट सागर चौधरी अध्यक्ष पदमा विजयी भएका छन् ।

ललितपुरस्थित पुल्चोक क्याम्पसमा अध्यक्षमा स्वतन्त्र र सचिवमा अखिल (क्रान्तिकारी) विजयी भएको छ ! फारुला बहुमुखी क्याम्पस दार्मामा हिमा शर्माको नेतृत्वमा अखिल (क्रान्तिकारी) प्यानल नै विजयी भएको छ । गल्कोट क्याम्पसमा अखिल (क्रान्तिकारी) को टिम नै विजयी भएको छ भने कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की रविना राना विजयी भएकी छिन् ।

चितवन इन्जिनियरिङ क्याम्पसमा सभापति प्रज्वल अधिकारी विजयी भएका छन् भने सिन्धुपाल्चोक मेलम्ची भ्याली क्याम्पस, हेलम्बुमा अखिल (क्रान्तिकारी)का राजन गिरी सभापतिमा विजयी भएका छन् । त्यसैगरी पाँचथरको रवि क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)का पुनम लावतीसहितको प्यानल विजयी भएका छन् । त्यस्तै आबुखैरेनी क्यापस आबुखैरेनी तनहुँको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगरको प्यानल विजयी भएका छन् ।

त्यसैगरी नारद आदर्श शिक्षा क्याम्पस उदयपुरमा ज्ञानदिल थुलुङ राई अखिल(क्रान्तिकारी) का अध्यक्षमा बिजयी । गुराँस बहुमुखी क्याम्पस, बर्दियामा अखिल(क्रान्तिकारी)का तिलक शर्मा स्ववियु सभापति सहित प्यानल नै विजयी भएको छ ।

त्यस्तै सुनकोशी क्याम्पस सिन्धुलीको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको छ । केदार सुर्य बहुमुखी क्याम्पस बिबिनगर डोटीमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका यशोदा बोहोरा लगायत प्यानल विजयी भएकी छिन् ।

जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक अनेरास्ववियु र नेविसंघकाे गठबन्धनलाई पराजित गर्दै असोक ढुंगानाको नेतृत्वमा अखिल क्रान्तिकारीको प्यानल नै बिजयी भएको छ । सिस्ने शिक्षा क्याम्पस, रुकुम पूर्वमा अखिल (क्रान्तिकारी) अम्मर खत्रीको प्यानल नै बिजयी भएको छ !

उपत्यकामा इन्जिनियरिङ क्याम्पस मध्य जनकपुर इन्जिनियरिङ क्याम्पसमा अखिल(क्रान्तिकारी ) का प्रकाश पुडासैनी सभापतिमा विजयी विजयी भएका छन् भने श्रीङ्गिश्वर बहुमुखी क्याम्पस रानिवासमा नेबिसघ र अखिलको सयुक्त प्यानललाई पराजित गरी अखिल(क्रान्तिकारी)का विशाल थापा सहित प्यानलनै विजयी भएको छ ।

त्यसैगरी रमाइलो क्याम्पस कानेपोखरी मोरङमा अखिल (क्रान्तिकारी) प्यानल नै बिजयी भएको छ । त्यस्तै मिक्लाजुङ क्याम्पस मोरंगमा अखिल (क्रान्तिकारी) बाट अध्यक्ष सुजन घिमिरे विजयी भएका छन् ।

राष्ट्रिय कलेज सुखडमा अखिल (क्रान्तिकारी ) का सभापति सुन्दर गैातम नेतृत्वको बिजयी ।

काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अखिल (क्रान्तिकारी ) का सभापति अपार पराजुलीकाे प्यानल विजयी ।

सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी ) का सभापति नरेन्द्र सिह ठगुन्नाको नेतृत्वको को पुरै प्यानललाई विजयी भएको छ ।

उपत्यकाको महत्त्वपूर्ण क्याम्पस, बानेश्वर क्याम्पसमा अखिल (क्रान्तिकारी) काे सभापति भुमिराज अधिकारीको नेतृत्वमा प्यानल नै विजयी भएको  छ ।

लम्की बहुमुखी क्याम्पस कैलालीमा अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा तपेन्द्र प्याकुरेल विजयी।

भोजपुर बहुमुखी क्याम्पसमा नेविसंघ,अखिल गठबन्धनलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) का सभापति सोबिन तामाङकाे प्यानल बिजयी।

एरावती आदर्श बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी),को प्यानल भारी मतले बिजयी ।

गोर्खा क्याम्पस गोरखाको सभापतिमा सुलभ अम्गाईँ नेतृत्वको अखिल क्रान्तिकारी प्यानल नै बिजयी भएको छ ।

महाकाली बहुमुखि क्याम्पस, बेलौरी कंचनपुरको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का दिपक चौधरी विजयी।

काेशि प्रदेशको महत्त्वपूर्ण डिग्रि क्याम्पस, विराटनगरको स्ववियु सभापतिमा अखिल(क्रान्तिकारी)का क.प्रितम शाहसहित प्यानल नै विजय भएको छ ।

बुलबुले बहुमुखी क्याम्पस पहलमानपुर कैलालीको स्ववियु अध्यक्षमा अखिल(क्रान्तिकारी)का विवेक चौधरी विजयी।

सिन्धुलीको मरिण बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका विशेष राईको प्यानल दोब्बर मतान्तरले विजयी भएको छ ।

जनकल्याण क्याम्पस सल्यानको स्ववियु अध्यक्ष मा अखिल ( क्रान्तिकारी ) सल्यान का सभापति गणेश ओली बिजयी । उक्त क्याम्पसमा काङ्रेस एमाले गठबन्धन थियो।

खप्तड बहुमुखि क्याम्पस मसुरिया कैलालीमा अखिल ( क्रान्तिकारी ) बाट – सागर चौधरी स्ववियु अध्यक्ष पदमा विजयी ।

हेलम्बुको मेलम्ची भ्याली क्याम्पसमा सरकारी गठबन्धन हराउँदै क्रान्तिकारीका राजन गिरीले ३३ मतले विजयी भएका छन् ।

याे समाचार तयार हुँदासम्म क्रान्तिकारीले जितेका क्याम्पस –

१. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं – प्रदिप श्रेष्ठ
३. नेत्रावती बहुमुखी क्याम्पस, धादिङ – अभिषेक थपलिया
४. शितल क्याम्पस, चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङ्गी
५. शान्ति आदर्श बहुमुखी क्याम्पस, चौघानपाटा, बझाङ – बम धामी
६. सिजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य
७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा
१०. श्रिकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ
११. संजीवनी क्याम्पस, काभ्रे – दिपक रानामगर
१२. प्रभा बहुमुखी क्याम्पस, काभ्रे – सुजन चौलागाई
१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट
१५. भाषा क्याम्पस, धनकुटा – सरोज थापा
१६. सिद्धी पृथ्वी जनता क्याम्पस, दाङ – सुदिप चौधरी
१७. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली
१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी
२०. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली – दुर्गा बहादुर मगर
२२. पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर, दाङ – विकास मास्की मगर
२३. अमरज्वती बहुमुखी क्याम्पस, नुवाकोट – शर्मिला श्रेष्ठ
२४. सूर्यगढी सामुदायिक क्याम्पस, नुवाकोट – जिवन तामाङ
२५. कुमारी नमुना क्याम्पस, नुवाकोट – मन्दिरा न्यौपाने
२६. रामपुर क्याम्पस, कञ्चनपुर – रबिना
२७. जय बागेश्वरी बहुमुखी क्याम्पस, मलेखु, धादिङ – अनुनय सिल्वाल
२८. गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ – प्रभात साहनी
२९. रामपुर इन्जिनियरिङ क्याम्पस, चितवन – प्रज्वल अधिकारी
३०. मेलम्ची भ्याली क्याम्पस, हेलम्बु, सिन्धुपाल्चोक – राजन गिरी
३१. रमाइलो बहुमुखी क्याम्पस, मोरङ – अनिश कार्की
३२. श्रृंगीश्वर बहुमुखी क्याम्पस, गुल्मी – विशाल थापा
३३. जलबिरे भ्याली क्याम्पस, सिन्धुपाल्चोक – अशोक ढुंगाना
३४. जनकपुर इन्जिनियरिङ क्याम्पस – प्रकाश पुडासैनी
३५. सुनकोसी क्याम्पस, सिन्धुली – कृष्ण भण्डारी
३६. गुराँस बहुमुखी क्याम्पस, बर्दिया – तिलक शर्मा
३७. फारुला बहुमुखी क्याम्पस, सल्यान – हिमा शर्मा
३८. केदार सुर्य बहुमुखी क्याम्पस, डोटी – यशोदा बोहोरा
३९. सिस्ने शिक्षा क्याम्पस, रुकुम पूर्व – अमर खत्री
४०. मरिण बहुमुखी क्याम्पस, सिन्धुली – विशेष राई
४१. श्री नारद आदर्श शिक्षा क्याम्पस, उदयपुर – ज्ञान्दिल राई
४२. थापाथली क्याम्पस – सचिव विजयी
४३. आँबुखैरनी क्याम्पस, तनहुँ – प्यानल नै विजयी
४४. पाँचथर यासोक क्याम्पस – अध्यक्ष विजयी
४५. पुल्चोक इन्जिनियरिङ क्याम्पस – सचिव विजयी
४६. पाँचथर रवि क्याम्पस – अध्यक्ष विजयी
४७. मिक्लाजुङ क्याम्पस, मोरङ – प्यानलै विजयी

४८. खप्तड बहुमुखि क्याम्पस कैलाली – सागर चाैधरी

४९. सानाेठिमी क्याम्पस भक्तपुर – नरेन्द्र सिंह ठगुन्नाकाे प्यानल

५०. गाेर्खा क्याम्पस गाेर्खा- सुलभ अम्गाईँकाे प्यानल

५१. महाकाली क्याम्पस कञ्चनपुर – दिपक चाैधरी

….