संसदको बैठक तालिकाको क्यालेण्डर सार्वजनीक

मूलखबर संवाददाता
काठमाडौं

संसद बैठकको लागि कार्यतालिकासहितको क्याले(डर तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १५ गतेसम्म बस्ने प्रतिनिधिसभाको बैठकको क्यालेन्डर तय गरेको छ। जसअनुसार प्रतिनिधिसभाको बैठक चैत ३, ४, ६, ७, १३, १४ र १५ गते बस्नेछ।

आज बसेको बैठकले चैत १५ सम्म ७ दिन बस्नेगरी क्यालेन्डर तय गरेको हो।

बैठकले ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ।