यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अभियानकाे समीक्षा गर्न माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै. हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अभियान स्थगित गरेर पदाधिकारी डाकेकाे छ । माओवादीले आज पदाधिकारी बैठक गर्न लागेको हो।. बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्।. ‘अहिले हाम्रो जागरण अभियान मधेसकेन्द्रित छ। मधेसमा विशेष रूपमा मनाइने होली पर्व पनि सुरू भएको छ,’ उपमहासचिव पुनले भने, ‘हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिएकाले त्यसका बारेमा पनि समीक्षा गरौं भनेर केही दिनका लागि अभियान स्थगित गरिएको हो.
अभियानकाे समीक्षा गर्न माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै
मूलखबर संवाददाता
काठमाडौं, २५ फागुन
हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अभियान स्थगित गरेर पदाधिकारी डाकेकाे छ । माओवादीले आज पदाधिकारी बैठक गर्न लागेको हो।
बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्।
‘अहिले हाम्रो जागरण अभियान मधेसकेन्द्रित छ। मधेसमा विशेष रूपमा मनाइने होली पर्व पनि सुरू भएको छ,’ उपमहासचिव पुनले भने, ‘हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिएकाले त्यसका बारेमा पनि समीक्षा गरौं भनेर केही दिनका लागि अभियान स्थगित गरिएको हो