
माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रीत अभियान स्थगित
प्रमूख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान स्थगित गरेको छ। पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई समीक्षा गरी केही दिनका लागि अभियान स्थगित गरिएको माओवादीका एक पदाधिकारीले बताए ।
फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबारदेखि केही दिनका लागि स्थगित गरिएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।
धेरै चलखेल हुन थाल्यो। राजावादीहरू सलबलाउन थाले। संसदबाट त्यसको प्रतिवाद गर्नुपर्ने भयो भन्ने निष्कर्ष निकालेर फर्कन लागेका हौं, उनले भने।
जागरण अभियान भोलि बारा, पर्सा र चितवनमा हुने तय थियो। अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अधिकांश पदाधिकारी सहभागी भइरहेका छन्।
