
माओवादी केन्द्रको अभियानको कार्यतालिका परिवर्तन, अब चैत १२ गते सकिने (कार्यतालिकासहित)
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेश जागरण अभियानको बाँकी कार्यतालिकामा परिवर्तन गरेको छ ।
पार्टी महासचिव देव गुरुङले सर्कुलर जारी गरी कार्यतालिकामा परिवर्तन गरेको जानकारी गराएका छन् । फागुन १२ गते झापाको केचनाकबलबाट शुरु भएको अभियान १७ गते धनुषा आइपुगेको छ ।
परिवर्तीत कार्यतालिका अनुसार अभियान चैतको १२ गते कन्चनपुर पुगेर समापन हुनेछ । यस अघि चैत ७ गते अभियानको समापन गरिने कार्यतालिका थियो । समयको चापका कारण सर्लाहीदेखि पश्चिमका कार्यक्रम सार्नेगरी कार्यतालिका हेरफेर भएको बताइएको छ ।
अब महोत्तरीमा २२ गते, सर्लाहीमा २३ गते, रौतहटमा २४ गते, बारामा २५ गते, पर्सामा २६, गते, चितवनमा २७ गते, नवलपुरमा चैत २ गते अभियान अन्तरगतको कार्यक्रम हुनेछ । यस्तै नवलपरासी पश्चिममा चैत ३ गते, रुपन्देहीमा चैत ४ गते, कपिलपस्तुमा चैत ५ गते, दाङमा चैत ६ गते, बाँकेमा चैत ७ गते, बर्दियामा चैत ८ गते, कैलालीमा चैत ११ गते र कञ्चनपुरमा चैत १२ गते अभियान अन्तरगतको कार्यक्रम हुनेगरी समय हेरफेर भएको छ । यसअघिको कार्यतालिकाअनुसार ७ गते सम्पन्न हुने भनिएको पहिलो चरणको यो अभियान अब चैत १२ गते सकिनेछ ।
