१४ लाख ३२ हजार ८०७ किशोरीले लगाए एचपिभी खोप

मूलखबर संवाददाता
काठमाडौं, ९ फागुन ।

पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले खोप लगाएका हुन्। माघ २२ देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो।

सो अभियानबाट १५ लाख ६० हजार ८ जना किशोरी लाभान्वित हुने अपेक्षा गरिएकोमा प्रारम्भिक तथ्यांक अनुुसार साढे १४ लाख किशोरीले मात्र खोप लगाएका छन्।

देशभर ९२ प्रतिशत खोप कभरेज भएका छन्। खोप उपलब्धिका आधारमा कोशी र जनसंख्याका आधारमा बागमती प्रदेशमा धेरै खोप कभरेज भएको उनले बताए।

कोशी प्रदेशमा २ लाख ३२ हजार १०१, मधेशमा ३ लाख ४३ हजार ४८५, बागमतीमा २ लाख ५६ हजार २२१, गण्डकीमा १ लाख २ हजार २४७, लुम्बिनीमा २ लाख ५८ हजार १६८, कर्णालीमा ९ हजार ५६६ जनाले खोप लगाएका छन्।