
याद गर्नुस् , अब फेसबुक लाइभ भिडियो ३० दिन पछि रहँदैनन्
तपाईले फेसबुकबाट लाइभ गरिएका भिडियोहरु कहिलेसम्म रहन्छन् ? याद छ ? अहिलेसम्म ती भिडियोहरु आफैंले नहटाएसम्म रहनथे । अब त्यसो नहुने भएको छ । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ ।
फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् । यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ ।
फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।
