
अर्थमन्त्री पौडेल र मेयर आचार्यको आइसियुमा उपचार हुँदै
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको आइसियुमा राखेर उपचार सुरु भएको छ । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा वेलुन पड्कीएर आगलागिबाट जलेर घाइते भएका उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौंमा ल्याएर उपचार गरिएको हो ।
दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ । उनीहरुलाई ४८ घण्टासम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
