
आमाको नामबाट नागरिकता पाउने गरी विधेयक अगाडि बढाइएको छ: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिबत पाउन सक्ने व्यवस्था सहितकाे विधेयक संसदमा लगिएको बताएका छन् ।
उनलेे आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने गरी सरकारले नेपाली नागरिकता ऐनमा समयसापेक्ष संशोधन गर्ने गरी संसद्मा विधेयक दर्ता गराएको जानकारी दिएका हुन् ।
उनलेे अपराध नियन्त्रणमा प्रहरीकाे कामकाे प्रसंसा पनि गरेका छन् । उनलेे नेपाल प्रहरीले गरिरहेका काम प्रशंसनीय रहेको बताएका हुन् ।
गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षा कायम गर्नुका साथै नीतिगत र कानुनी सुधारमा पनि काम गरिरहेको लेखककाे भनाइ छ ।
नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रममा सम्वाेधन गर्दै उनलेे सरकारले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर संसद्मा दर्ता गराएको बताउँदै उनले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन पनि समयसापेक्ष रूपले तर्जुमा गर्ने गरी मस्यौदा प्रतिनिधिसभामा पुगेको जानकारी दिए ।
उनलेे अध्यागमन ऐनमा पनि संशोधन गर्ने गरी सरकार अघि बढिसकेको जानकारी दिएका छन् ।
