सरकारविरूद्व समाजवादी माेर्चाका युवाहरूले आज प्रदर्शन गर्दै
समाजवादी माेर्चा सम्वद्द युवा संगठनहरूले आज सरकार विरूद्व संयुक्त प्रदर्शन गर्दैछन् । सरकारले कालाबजारी र भ्रष्टाचारको संरक्षण गरेको आराेप लगाउँदै समाजवादी माेर्चाका युवा संगठनले काठमाडौंकाे माइतिघरमा विराेध र्याली निकाल्न लागेका हुन् ।
समाजवादी माेर्चाका माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूहका युवा संगठनहरू वाइसीएल नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघले प्रदर्शन गर्न लागेका हुन् ।
उनीहरूले सरकारका कारण भ्रष्टाचार बढेकाे, कालाबजारी बढेकाे, महंगीले जनताकाे जनजीवन कष्टकर बन्दै गएकाे भन्दै जनजीविकाका सवालमा सरकार पुर्णत असफल भइसकेको भन्दै आन्दोलनमा उत्रनुपरेको विज्ञप्तिमार्फ जनाएका छन् । आन्दोलनमा सहभागी हुन अपील गरेका छन् ।