संसदमा हस्तक्षेप बढाउने माओवादी केन्द्रकाे निर्णय
प्रकसख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदकाे हिउँदे अधिवेशनमा विगतकाे भन्दा प्रभावकारी हस्तक्षेप बढाउने भएको छ । उसले संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
मंगलबार अपराह्न बसेको पदाधिकारी बैठकमा संसद्मा प्रमुख प्रतिपक्ष दलको भूमिकाबारे छलफल भएको छ । महासचिब देव गुरुङले संसद्को बैठकमा सरकारका गलत क्रियाकलापविरुद्ध सशक्त रुपमा प्रस्तुत हुनेबारे छलफल भएको बताए ।
‘संसद्को हिउँदे अधिवशेनमा सशक्त ढंगले प्रस्तुत हुनेबारे छलफल भयो,’ उनले भने, ‘सरकार अध्यादेश ल्याएर गलत काम गरेको र अब बस्ने संसद्को बैठकमा त्यसको सशक्त विरोध गर्ने कुरा भएको छ ।’