कानून जनताको काम राेक्नका लागि नभइ काम गर्नका लागि बनाइन्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गर्दै प्रधानमन्त्रीले कतिपयले यसको विरोध गर्न खोजिरहेको गुनासाे गरे । अध्यादेशहरू अबकाे १५-२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने समेत उनकाे दाबी छ ।
दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताउँदै ओलीले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए । उनले विकासका काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेकोले अध्यादेश ल्याउनुपरेकाे जिकिर गरे ।