प्रेस सेन्टर काठमाडौंमा घिमिरेको नेतृत्वमा १७ सदस्यीय समिति निर्वाचित, राेका पुरस्कृत

मूलखबर संवाददाता
काठमाडौं

प्रेस सेन्टर नेपालकाे काठमाडौं जिल्लाकाे चाैथाे अधिवेशन सम्पन्न भएको  छ । शुक्रबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट राममणि घिमिरेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा रमेश लामिछाने र मनिका खतिवडा निर्वाचित भएका छन् । लामिछाने खुल्ला उपाध्यक्ष निर्वाचित भएका हुन् भने खतिवडा महिला उपाध्यक्षका रूपमा निर्वाचित भएकी हुन् ।

यसैगरी सचिवमा सन्तोष तिवारी र सहसचिवमा हिरोज लोप्चन निर्वाचित भएका छन् । सहसचिव समावेशीमा अनिशा निरौला निर्वाचित भइन् भने कोषाध्यक्ष मदन नगरकोटी चयन भएका छन् ।

सदस्यहरूमा अर्जुन गौतम, मञ्जु घिमिरे, अंकध्वज परियार, सूर्यबहादुर लामा निर्वाचित भए । यसैगरी दिलिप न्यौपाने, दिपक योगी, दिलिप गुरुङ, सुनिता तिमल्सिना, ऋग देवकोटा, शैलेश कुमार डंगोल र सुदिप भट्ट निर्वाचित भए ।

अधिवेशनमा माओवादी केन्द्र काठमाडौं जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुर्य सुवेदी पथिक प्रमुख अतिथि रहनुभएकाे थियाे भने संगठनका अध्यक्ष विष्णु सापकाेटा जुगल विशेष अतिथिको रूपमा रहनुभएकाेे थियाे ।

त्यसैगरी संगठनका उपाध्यक्ष ततथा उपत्यका इन्चार्ज निर्मल  ज्ञवाली र  महासचिव सन्तोष पाैडेलले अधिवेशनमा शुभकामना दिनुभएको थियाे ।

नवनिर्वाचित समितिलाई केन्द्रीय अध्यक्ष जुगलले सपथ ग्रहण गराउनुभएकाे थियाे भने पार्टीका केन्द्रीय सदस्य नहेन्द्र खड्काले बधाई दिनुभएको थियाे ।

गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट टेनिस राेका पुरस्कृत

प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गर्दै आएको छ ।
शाखाको काठमाडौंमा आज सम्पन्न चौथो अधिवेशनमा यस वर्षको स्मृति पुरस्कार रोकालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका रोका हाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्ष समेत रहेका छन् ।
अधिवेशनले काठमाडौं शाखाले, नेपाल पत्रकार महासंघको गत २८ माघमा सम्पन्न निर्वाचनबाट निर्वाचित हुने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
अधिवेशनले राममणी घिमिरेको नेतृत्वको शाखाको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।