करिब ३ महिना हिरासतपछि रिहा भए रास्वपा सभापति लामिछाने

मूलखबर संवाददाता
पाेखरा, २५ पुस

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने करिब ३ महिना लामाे हिरासत बसाईबाट रिहा भएका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको रास्वपा नेता सोविता गौतमले जानकारी दिइन् । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका हुन् ।