यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु. मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।. सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।. इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ कि ४० वर्षीय गङ्गामाया मगर( श्रेष्ठ)को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।.
हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
मूलखबर संवाददाता
काठमाडौं
मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताउनु भयो । यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ कि ४० वर्षीय गङ्गामाया मगर( श्रेष्ठ)को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।