पुनर्वासको माओवादी सभा : ०६४ काे पुनरागमनकाे झल्काे ( फाेटाे फिचर)

मूलखबर संवाददाता
काठमाडौं, १३ पुस

नेकपा माओवादी केन्द्रले सुदुरपश्चिमकाे कञ्चनपुर जिल्लामा गरेको कार्यक्रमले थुप्रै सन्देश दिएको छ ।  पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा खबरदारी सभा र पार्टी एकता र समायोजन कार्यक्रम सम्पन्न गरेको छ।

नेता, कार्यकर्ता र जनताको बृहत उपस्थितिमा सम्पन्न सभामा करिब ३५० जति नेकपा एमाले ,नेपाली कांग्रेस, राप्रपा, नेकपा मसाल आदि परित्याग गरी नेकपा माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन्।

एकता र समायोजनमा आएकालाई अध्यक्ष प्रचण्ड र सुदूरपश्चिम प्रदेश इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलले खाजा माला र टिका लगाउनु भएको थियो।

कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रचण्डको सम्बोधनको अतिरिक्त पार्टी एकतामा समाहित भक्त बहादुर अधिकारी र जयराज पाण्डेले बोल्नुभएको थियो।

जनसमुदायको बाक्लो उपस्थिति रहेको सभामा १० वटा छुट्टाछुट्टै स्थानीय समुदायका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए।

माओवादी केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले स्थानीय मुद्दाहरू राख्नुभएको थियो भने पार्टीका पुनर्वास गाउँपालिका अध्यक्ष धोके राणाले स्वागत गर्नुभएको थियो।

माओवादी जिल्ला संयोजक खेम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा जनसांस्कृतिक महासङ्घको गीत प्रस्तुति थियो। कार्यक्रम सुरु हुनु अघि डोके बजारदेखि प्रतिभानगरसम्म र्याली आयाेजना गरिएको थियाे ।  गाडी र मोटरसाइकलमा करिब ५० किलोमिटर विभिन्न वडा र टोलमा पुगेर र्‍याली गरिएको थियो।

सहिदहरू गोविन्द गौतम र गोविन्द बिकको शालिकमा माल्यार्पण गरी सम्मान प्रदान गरिएको थियो।

माओवादी केन्द्रले पुनर्वासमा आयाेजना गरेको कार्यक्रममा उपस्थिति र राैनक हेर्दा माओवादीकाे २०६४ सालकाे पुनरागमनकाे संकेत गरेकाे विश्लेषण गरिएको छ ।