अखिल क्रान्तिकारीले उमेरहदबारे जिल्लामा निर्वाचन गर्ने, निर्वाचन पुस १३ गते, यस्तो छ कार्यतालिका
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे भातृ संस्था अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हदबारे निर्वाचनमार्फत नै टुंगो लगाइने भएको छ । उमेरहदबारे विवादले राष्ट्रिय सम्मेलन भएको थियाे । अब पुस १३ गते उमेरहदबारे निर्वाचन हुने भएको छ।
अनेरास्ववियुले उम्मेदवारहरूको उमेरको हद तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हो।
पुस १० गते सुरू हुने पहिलो चरणको निर्वाचनमा मतदाता नामावली प्रकाशन गरिनेछ भने ११ र १२ गते मतदाता नामावलीको दाबी विरोध प्रस्तुत गर्न सकिनेछ। त्यस्तै, १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने जनाइएको छ।
भूगोल र गैरभूगोल गरी ८६ जिल्लामै मतदान केन्द्र रहने अनेरास्ववियु क्रान्तिकारी ले जनाएको छ।
विद्यार्थी नेतृत्वमा उमेरहद राख्नुपर्ने विषयमा यसअघिकाे राष्ट्रिय सम्मेलनमा समेत बहस भएको र पछिल्लो सम्मेलनमा लागू गर्ने निर्णय भएको उमेरहद पक्षधरकाे दावि छ भने विद्यार्थी उमेरले भन्दा पेशा र क्रियाशीलताले हुने भएकोले उमेरहद लागू गर्न नहुने अर्को पक्षकाे दावी छ ।