बिहानै बाजुरामा भुकम्प, स्थानियवासीमा त्रास
धेरै समयपछि फेरि भुकम्प गएको समाचार छ । शनिवार विहान सबेरै सुदुर पश्चिम प्रदेशकाे बाजुरामा भुकम्प गएको हाे ।
बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ।
भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिएका छन् ।
याे समाचार तयार गर्दासम्म मानवीय क्षति भएको जानकारी नआएको प्रहरीले बताएको छ ।