पर्सामा रास्वपा सभापति लामिछानेकाे बयान सकियाे

मूलखबर संवाददाता
काठमाडौं, २६ मंसिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पर्सा जिल्ला अदालत पुर्याएर बयान लिइएको छ ।

सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो । त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो ।